Skip to main content

अपाङ्गता व्यक्तिका सवाल मिडियाको प्राथमिकतामा पर्नुपर्छ

काठमाडौँ, असार २३ गते । अपाङ्गता भएका व्यक्तिको सवाल मिडियाको प्राथमिकतामा पर्नुपर्ने सरोकारवालाले बताएका छन् ।  राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान) ले मङ्गलबार क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (एकोराब) सँगको छुट्टा–छुट्टै छलफलमा उनीहरुले सो कुरा बताएका हुन् ।  निडवानका अध्यक्ष प्रतिमा गुरुङले अपाङ्गता भएका व्यक्तिको सवाल विकास र […]

अपाङ्गता व्यक्तिका सवाल मिडियाको प्राथमिकतामा पर्नुपर्छ

About अपाङ्गता व्यक्तिका सवाल मिडियाको प्राथमिकतामा पर्नुपर्छ

काठमाडौँ, असार २३ गते । अपाङ्गता भएका व्यक्तिको सवाल मिडियाको प्राथमिकतामा पर्नुपर्ने सरोकारवालाले बताएका छन् । 

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान) ले मङ्गलबार क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (एकोराब) सँगको छुट्टा–छुट्टै छलफलमा उनीहरुले सो कुरा बताएका हुन् । 

निडवानका अध्यक्ष प्रतिमा गुरुङले अपाङ्गता भएका व्यक्तिको सवाल विकास र मानव अधिकारको सवालसँग जोडेर हेर्नुपर्ने बताउनुभयो ।

गुरुङ्गले भन्नुभयो, “सीमान्तकृत, अवाजविहिनको आवाज बाहिर ल्याउनुपर्छ । अपाङ्गता भएका व्यक्तिका सवाल त्यसमा पनि आदिवासी जनजाति अपाङ्ग महिलाको सवालमा संवेदनशील कसरी हुने र सचेतना कसरी गराउने ? इण्डिजिनिअस् मार्जिनलाइज्ड् कम्युनिटिको पर्सपेक्टिभबाट समावेशी, समतामूलक समाज निर्माणका गर्न लागि सोच्नुपर्छ ।”

उहाँले अपाङ्गता भएका व्यक्तिको सवालमा समाचार उत्पादन तथा प्रकाशन गर्दा संवेदनशील बन्न सुझाव दिनुहुँदै उनीहरुलाई दयाको भावले प्रस्तुत गर्न नहुने बताउनुभयो । समाजिक रुपान्तरण र विकासमा अपाङ्गता भएका व्यक्तिले योगदान गर्न सक्छन् भन्ने दृष्टिकोणको विकास हुनुपर्ने उहाँको भनाइ छ । 

क्रियाशील पत्रकार महिलाका अध्यक्ष रामकला खड्काले ‘समावेशीकरणका लागि मिडिया रणनीति र योगदान’ विषयमा प्रस्तुतीकरण राख्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिका सवाललाई मिडियामा कसरी स्थान दिन सकिन्छ या प्राथमिकीकरण गर्न सकिन्छ भनेर सुझाव दिनुभयो । 

उहाँले आदिवासी जनजाति समुदायका अपाङ्ग महिला तेहोरो विभेद र सीमान्तकरणमा पर्ने गरेको बताउनुभयो । यस विषयमा पत्रकारले गहन अध्ययन, स्थलगत तथा समावेशी रिपोर्टिङ एवम् संवेदनशील अन्तरवार्तामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

अधिकारकर्मी कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्ति एवम् दलित, आदिवासी जनजाति, अलपसङ्ख्यक समुदायका सवाल मूल धारको सवाल बन्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आम सञ्चारले कसरी भाष्य निर्माण गर्छ भन्ने कुरा सम्बन्धित व्यक्ति, उसको सोच्ने शैलीमा प्रस्तुत गरेको पाइन्छ । यसले गर्दा बालबालिका, दलित, आदिवासी जनजातिभित्र वास्तविक सवाल सधैँ ओझलमा पर्दो रहेछ ।”

उहाँले पछिल्लो समय अधिकारको क्षेत्रमा अपाङ्गताको सवाल तीव्र रुपमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “जसको जीवन्त भोगाइ हो, उसको कथा कभर्ड हुनुपर्छ । तपाइहरुले अपाङ्गता भएका महिलालाई पत्रकार बनाएर ल्याउनपर्‍यो । हामीले काम गरिरहेको सोच रिशेप गर्न आवश्यक हुन्छ ।”